गठबन्धनमा खटपट शुरु, तीन साता पनि नबित्दै लफडा ! — OSNepal

गठबन्धनमा खटपट शुरु, तीन साता पनि नबित्दै लफडा !

LC (KTM) August 02, 2021 0

काठमाडौँ – नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ । यो समाचार साँघु साप्ताहिकमा छ ।

यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाएका छन् । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ ।

खास गरेर वर्तमान गठबन्धनका प्रमुख २ पार्टीका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर