भरिन थाले काठमाडौँ उपत्यकाका अस्पताल, भर्ना हुने बिरामी ह्वात्तै बढे ! — OSNepal

भरिन थाले काठमाडौँ उपत्यकाका अस्पताल, भर्ना हुने बिरामी ह्वात्तै बढे !

LC (KTM) August 02, 2021 0

काठमाडौँ – निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

अस्पतालमा कोभिड वार्डको बिरामी भर्ना क्षमता १ सय ४५ मात्र छ। बिरामी बढेै जान थालेपछि अस्पतालले कोभिड वार्डमा भर्ना थप गर्दै जाने तयारी गरिरहेको कोभिड १९ उपचार संयोजक तथा उपनिर्देशक डा. सन्तकुमार दासले बताए। एक महिनाअघि भर्ना हुनेको संख्या घटेपछि अस्पतालले कोभिड बाहेकका बिरामीको उपचारमा पनि प्राथमिकता बढाउँदै गएको थियो।

चिकित्सकका अनुसार लक्षण भएका बिरामी भर्ना भएका छन्। ‘भर्ना भएका धेरैजसो आइसियु तथा अक्सिजन चाहिने अवस्थाका धेरै छन्,’ शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. दासले भने। भर्ना हुनेहरू खोप केन्दबवाट एक साताअघि खोप लिन गएका धेरै भेटिएको चिकित्सकको भनाइ छ। ‘खोप लगाउन गएको पाँच/दिनपछि ज्वरो आएर भर्ना हुन आएको पाइएको छ,’ डा. दासले भने। ‘बिरामीको कुरा बुझ्दा खोप केन्द्र र खोप प्रमाणीकरणको लाइनबाटै सरेको देखिन्छ,’ डा. पुनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर