प्रदेश सरकारलाई थप प्रभावकारी काम गर्न जनमत पार्टी सचिवालयको सुझाव — OSNepal

प्रदेश सरकारलाई थप प्रभावकारी काम गर्न जनमत पार्टी सचिवालयको सुझाव

LC (KTM) July 27, 2024 0

जनकपुर, १२ साउनः जनमत पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश सरकारको कामकारबाही थप प्रभावकारी बनाउन सुझाव दिएको छ । जनकपुरधामस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मधेस सरकारलाई थप चलायमान र प्रभाकारी बनाउन पार्टीका तर्फबाट चारबुँदे सुझाव दिएको पार्टी प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो

हिजोदेखि सुरू भएको बैठक आज सम्पन्न भएको हो । “दुई दिनसम्म चलेको बैठकमा पार्टीले मधेस सरकारको कार्यभार सम्हालेपछि गरेका काम, देखापरेका समस्या र चुनौतीका बारेमा छलफल गरिएको थियो”, प्रवक्ता डा यादवले भन्नुभयो, “सरकारलाई अझ बढी चलायमान र कामकारबाहीको प्रभावकारिता बढाउन सबैले सुझाव दिएका थिए । सोहीअनुसार हामीले सरकारलाई चार बुँदे सुझाव दिने निर्णय गरेका छौँ ।”

बैठकले प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्न र रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्नतर्फ केन्द्रीत हुन मुख्यमन्त्री सतिशकुमार सिंहलाई आग्रह गरेको छ । बैठकबाट प्राप्त सुझाव र जनतालाई फाइदा हुनेगरी काम गर्न आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताउनुभएको प्रवक्ता डा यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर