जनसङ्ख्याका आधारमा संसद्मा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव — OSNepal

जनसङ्ख्याका आधारमा संसद्मा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

LC (KTM) July 27, 2024 0

काठमाडौँ, १२ साउन : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रुपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

उहाँले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या काम गर्नुपर्नेमा ५३ प्रतिशत जनसङ्ख्या रहेको तराई मधेसमा त्यसका आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो ।

देशमा रहेका मिथिला, किरात, खस र काठमाडौँका रहेको नेवार सम्भयता मिलेर बनेकाले ती सबै सभ्यतालाई बराबरीका दृष्टिकोणबाट हेरिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संविधान संशोधनमार्फत तराई मधेसका जनताले उठाउँदै आएको विषयवस्तु सम्बोधन गरिनुपर्छ भन्नुभयो ।

जसपाद्वारा आज यहाँ आयोजित ‘संविधान संशोधनको सवल’ विषयक अन्तक्र्रियामा अध्यक्ष यादवले सङ्घीयता र सङ्घीय शासन प्रणालीलाई सफलता बनाउन संवैधानिक सर्वाेच्चता, मूलभूत विषयमा कठोर भएको लिखित संविधान र स्वतन्त्र न्यायालयको आवश्यकतापर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर