नगरप्रमुख नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त — OSNepal

नगरप्रमुख नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

LC (KTM) July 26, 2024 0
काठमाडौँ, ११ साउनः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कीर्तिपुरका नगरप्रमुख एवम् कांग्रेस काठमाडौँका उपसभापति नकर्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सभापति देउवाले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्व नकर्मीले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्नुहुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले मृत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
विसं २०२० असार २० गते जन्मनुभएका नकर्मीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्व गुमाएको छ ।
पार्टी सभापति देउवाले आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसैगरी, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवम् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, अन्य नेता एवम् कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित हुनुहुन्थ्यो ।उहाँको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा अन्तिम दाहसंस्कार गरिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर