विमान चालक शाक्यको स्वास्थ्यमा सुधार — OSNepal

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

LC (KTM) July 26, 2024 0

काठमाडौँ, ११ साउन : काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । उहाँले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताउनुभयो ।

“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उहाँले भन्नुभयो, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।”यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते हुनुभएको थियो । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर