घट्यो सुनको मूल्य , कतिमा हुँदैछ काराेबार ? — OSNepal

घट्यो सुनको मूल्य , कतिमा हुँदैछ काराेबार ?

LC (KTM) July 26, 2024 0

काठमाडौँ, ११ साउन : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर