मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन महाशाखाको आग्रह — OSNepal

मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन महाशाखाको आग्रह

LC (KTM) August 02, 2021 0

काठमाडौं- नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसमपुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर