सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छः मन्त्री खड्का — OSNepal

सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छः मन्त्री खड्का

LC (KTM) July 26, 2024 0

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको छ । नेपाल इण्डिया चेम्बर अफ कमर्शले बिहिबार मन्त्रालयमा गरेको भेटका क्रममा उहाँले सरकारले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्रको साथ लिएर अगाडि बढ्ने बताउनुभएको हो ।

“आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौता भए पनि सोभन्दा बढी बिक्री गर्ने लक्ष्य सरकारले लिएको छ”, मन्त्री खड्काले भन्नुभयो ।

उहाँले ऊर्जा क्षेत्रको विस्तारका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइको पूर्वाधार विस्तार गरी कृषि उत्पादन बढाउने र विद्युत् उत्पादन गरी विदेशमा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल इण्डिया चेम्बर अफ कमर्शकी अध्यक्ष सिर्जना राणाले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष राणाले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा सम्मेलन गरेर अगाडि बढ्नसमेत मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर