नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता — OSNepal

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

LC (KTM) July 25, 2024 0

काठमाडौँ, १० साउन : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । श्रीलङ्कामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज स्वदेश फर्किएको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि नेपालले जित हासिल गर्न सकेको थिएन ।

यसपटक नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो । त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा नौ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर