महानिरीक्षक कुँवरद्वारा एआइजी डा सिंहको बिदाइ — OSNepal

महानिरीक्षक कुँवरद्वारा एआइजी डा सिंहको बिदाइ

LC (KTM) July 24, 2024 0

काठमाडौँ, ९ साउन : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लाग्नुभएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा आशा सिंहलाई आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच बिदाइ गर्नुभएको छ ।

सो समारोहमा उहाँले सेवानिवृत्त हुन लाग्नुभएकी प्रहरी अतिरिक्त महानिरीक्षक डा सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवं सुदृढीकरणका लागि सङ्गठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताउनुभयो ।

सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तारलगायत नीतिगत निर्णयबाट साङ्गठनिक सुधारका क्षेत्रमा उपलब्धिमूलक काम भएको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त जीवनपश्चात् पनि सङ्गठनको हितका लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । बिदाइ कार्यक्रममा डा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभवसहितको मन्तव्य राख्दै सङ्गठनका लागि सधैँ सहयोग जारी रहने बताउनुभयो ।

डा सिंह विसं २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदका कारण भोलि साउन १० गते सेवानिवृत्त हुँदैहुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर