बाबा टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने — OSNepal

बाबा टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

LC (KTM) July 22, 2024 0

जलेश्वर, ७ साउनः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताउनुभएको छ । आज महोत्तरीको बर्दिवास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चना गर्दै उहाँले यहाँको पूर्वाधार विकास गरेर धार्मिक महत्वका पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा दर्शन तथा पूजाअर्चना मात्रले श्रद्धालु भक्तजनको भाकल तथा मनकामना पूरा हुने गरेको बताउनुभयो ।

महोत्तरीबाट पूर्वमा पर्ने पवित्र नदी कमला र पश्चिममा पर्ने वाग्मती नदीबाट जल ल्याइने मन्दिरमा चढाउने गरिन्छ । मुख्यमन्त्रीले बाबा टुटेश्वरनाथ मन्दिरको व्यापक रुपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक विदेशी पर्यटक ल्याउन सकिनेमा जोड दिनुभयो ।

उहाँले यस मन्दिर तथा बाबाको विकास विस्तार र प्रचारप्रसारले यस क्षेत्रकै अर्थतन्त्र मजबुत हुने तथा जीविकोपार्जनमा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । बाबा टुटेश्वरनाथको पूर्वाधार विकास र प्रचारप्रसारका लागि बर्दिवास नगरपालिकासँग समन्वय गरेर मधेस प्रदेश सरकार आवश्यक कदम चाल्न तत्पर एवं तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता प्रकट गर्नुभयो ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले मुख्यमन्त्री सिंहलाई बाबा टुटेश्वरनाथको विशेष पूजाअर्चना गराउनुका साथै मन्दिर तथा बाबाको इतिहास र त्यहाँको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर