बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १३१ जनाको मृत्यु — OSNepal

बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १३१ जनाको मृत्यु

LC (KTM) July 22, 2024 0

काठमाडौँ, ७ साउनः बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई÷दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर