सदनमा गालीगलौज गर्न नभइ भन्दै देश र जनताको अवस्था परिवर्तन गर्नका लागी आएको ओलीको जिकिर — OSNepal

सदनमा गालीगलौज गर्न नभइ भन्दै देश र जनताको अवस्था परिवर्तन गर्नका लागी आएको ओलीको जिकिर

LC (KTM) July 22, 2024 0

प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको बिषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रुपमा टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको बिषयमा आफुलाई अनावश्यक रुपमा लाञ्छना लाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाले सदनमा राजनीतिक मतभेदका आधारमा जथाभावी नबोल्न चेतावनी दिनुभयो । उहाले सदनमा डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपछ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको भन्दै बाँकी जीवन पनि स्वच्छ रुपमा बिताउने जिकिर गर्नुभयो । कसैमाथि लागेको भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगर्न समेत उहाले चेतावनी दिनुभयो । ओलीले सदनमा गालीगलौज गर्न नभइ भन्दै देश र जनताको अवस्था परिवर्तन गर्नका लािग आएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्रीले धारणा राखिरहदा माओवादी केन्द्रका सांसद बर्षमान पुनले प्रश्नोत्तर कार्यक्रममा प्रश्न बाहिरको बिषयमा बोलेको भन्दै नियमापति गर्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले बिषयमा केन्द्रीत भएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गर्नुभयो । प्रधानमन्त्री ओलीले आफु बिषय केन्द्रीत रहेको जिकिर गर्नुभयो । आफुले कसैलाई गाली गलौज नगरेको र सचेत मात्रै गराइएको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर