सुनको मूल्य प्रतितोला एक सयले बढ्यो — OSNepal

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

LC (KTM) July 22, 2024 0

काठमाडौँ, ७ साउनः स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।

त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर