सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आयो, सर्तक रहन सबैलाई आग्रह — OSNepal

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आयो, सर्तक रहन सबैलाई आग्रह

LC (KTM) August 02, 2021 0

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिनुभयो । पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो । गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर