नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य — OSNepal

नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

LC (KTM) July 21, 2024 0

काठमाडौँ ६ साउन : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितका लागि एक सय नौ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनायो ।

नेपालका लागि कविताले उनले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाइन् । सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन । पाकिस्तान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर