पान पुतली मायामा गीता र सुनिलको रोमान्स — OSNepal

पान पुतली मायामा गीता र सुनिलको रोमान्स

admin July 21, 2024 0

काठमाडौँ । गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको पान पुतली माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक गीतको भिडियो रिलिज गरेको हो । जसमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई आइतबार दर्शकका सामु ल्याएसँगै मोडल तथा निर्माता सुनिलले आफ्नो टिमले सक्दो मेहेनत गरेको र अब दशृक श्रोताको सल्लाह सुझावको खाँचो रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै गायक तथा संगीतकार शिवाकोटीले गीतको मेलोडी अनुसार भिडियो गज्जबको बनेको प्रतिक्रिया दिए । एक रोमान्टिक जोडीको सुखद प्रेम कथालाई निर्देशक दीलिप समनले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जहाँ गीता र सुनिल गज्जबसँग खुलेका छन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने नकुल खड्काले सम्पादन गरेका हुन् । मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर