सुनको मूल्य एक हजार तीन सयले घट्यो — OSNepal

सुनको मूल्य एक हजार तीन सयले घट्यो

LC (KTM) July 21, 2024 0

काठमाडौँ, ६ साउन : सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर