शिव परियारको धोकेबाज गीतमा बोल्ड आश्मा र ओबी — OSNepal

शिव परियारको धोकेबाज गीतमा बोल्ड आश्मा र ओबी

admin July 18, 2024 0

गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समिक्षा अधिकारीको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए । यहि जोडीलाई लिएर तयार पारिएको ‘धोकेबाज’ को भिडियो ग्ल्यामर्स बनेको छ। मान कृष्ण महर्जनले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर