टोक्यो ओलम्पिकमा आज भएको १०० मिटर दौडमा ईटालीका ज्याकोब सबैभन्दा तेज धावक बने — OSNepal

टोक्यो ओलम्पिकमा आज भएको १०० मिटर दौडमा ईटालीका ज्याकोब सबैभन्दा तेज धावक बने

LC (KTM) August 01, 2021 0

जमैकाका तेज धावक उसेन बोल्टलाई पछ्याउँदै इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक बनेका छन्। यद्यपी लगातार तीन वटा ओलम्पिकमा जमैकाका उसेन बोल्टले स्वर्णपदक जितेका थिए। उनले गत रियो ओलम्पिकपछि सन्यास लिएका थिए ।

तर यसपालिको टोकियो ओलम्पिक अन्तर्गत आज भएको एथ्लेटिक्सको पुरुष १०० मिटर दौडमा मार्सेलले स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । आज भएको फाइनलमा मार्सेलले ९.८ सेकेन्डसहित स्वर्णपदक जितेका हुन्।

९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड केर्लीले रजत पदक र ९.८९ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका क्यानडाका आन्द्रे डे ग्रासेले कास्य पदक जित्न सफल भए । तर जमैकन धावक बोल्टको नाममा ९.५८ सेकेन्डसहित विश्व कीर्तिमान र ९.६३ सेकेन्डसहित ओलम्पिक कीर्तिमान रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर