क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सम्पन्न, ७८५ सेवाग्राहीले लिए सेवा (फोटोफिचर) — OSNepal

क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सम्पन्न, ७८५ सेवाग्राहीले लिए सेवा (फोटोफिचर)

admin July 18, 2024 0

क्यालिफोर्निया । अमेरिकाको लस एन्जलस, क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सम्पन्न  भएको छ । ६ दिनसम्म चलेको शिविरमा ७८५ जना सेवाग्राहीले सेवा लिएको नेपाली राजदुतावास वासिगंटन डिसीले जनाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपालीहरुका लागि सुविधा दिने उदेश्यले नेपाली राजदुतावास वासिगंटन डिसीको आयोजनामा शिविर जुलाई ९ देखि १४ सम्म चलेको थियो ।

शिविर विशेषगरी जेष्ठ नागरिक र असक्तहरुलाई लक्षीत गरी आयोजना गरिएको र काममा व्यस्त भएका युवाहरुले पनि यही मौकामा सेवा लिएका थिए । कन्सुलर सेवा शिविरले धेरै नै सहज बनाएको भन्दै कन्सुलर सेवा शिविर आयोजना गरिएकोमा क्यालिफोर्नियामा रहेका नेपालीहरुले नेपाली राजदुतावासलाई धन्यवाद ज्ञापन गरेका छन् । सो  अबसरमा साथ सहयोग प्रदान गर्ने विभिन्न संघ संस्थाहरुलाई दुतावासले एक विज्ञप्ति नै निकालेर आभार प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर