संजयको तेस्री श्रीमती हुन् मान्यता, गर्लफ्रेन्ड मात्रै थिए ३०८ ! — OSNepal

संजयको तेस्री श्रीमती हुन् मान्यता, गर्लफ्रेन्ड मात्रै थिए ३०८ !

LC (KTM) May 16, 2021 0

एजेन्सी – फिल्म रक्कीबाट बलिउटमा डेब्यु गरेका चर्चित अभिनेता हुन् संजय दत्त। उनको जन्म २९ जुलाई १९५९मा भारतमा भएको हो । उनि अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका समेत रहेका छन् ।उनले १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका हुन् । उनले २२ वर्षको उमेरमा रक्की फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । पहिलो फिल्मबाटनै उनले धेरै फ्यान कमाउन सफल भएका थिए उनले ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्ममा अभिनय गरेका छन् ।

हाल सम्म दत्तले ३०८ प्रेमिका बनाएका छन् । भने ३ श्रीमती भएके र अब हिरोइनसँग नाच्ने उमेर पनि गइसकेको बताएका छन्। संजयले मेर गैसकेको उल्लेख गर्दै आफू चरित्र भूमिकालागि तयार भएको बताएका छन् । संजय आज आफ्नो ६० औं जन्मदिन श्रीमती र परिवारका साथमा मनाईरहेका छन।मान्यता संजयकी तेस्री श्रीमती हुन्।

दुई पटक सम्म बिवाह गरेका संजयको दुवै बिवाह असफल भए पछि उनले तेस्रो पटक मान्यताका साथमा बिवाह गरेका हुन्। उनिहरुले सन् २००७ नोभेम्वर १९ मा कानुनी रुपमा बिवाह गरेका हुन्।विवाह गरेको केहि समय पछि कानुनी हतियार लुकाएको आरोपमा संजयलै ६ बर्षको जेल सजाय भोग्नु पर्यो जहाँ मान्यताले उनलाई छायाको रुपमा रहेर साथ दिएकी थिइन्।

संजयका परिवारले मान्यतालाई मन नपराएता पनि सन् २००८ मा यी दुईको हिन्दु मान्यता अनुसार विवाह भएको थियो। संजय दत्त भन्दा अगाडि मान्यताले मिराज शेखसंग विवाह गरेकी थिइन । तर उनिहरुको विवाह त्यति लामो समय सम्म टिक्न सकेन र त्यसको ६ महिना पछि मान्यता र मिराज्को सम्बन्ध टुटेको हो । भने उनि अहिले संजयसंग सुखि जीवन विताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर