सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक — OSNepal

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

LC (KTM) July 17, 2024 0

काठमाडौँ, २ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गर्नुभएको हो । सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर