किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज 'मोड' बन्ने — OSNepal

किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

admin July 16, 2024 0

काठमाडौं । किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए ।

करियरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन् । यो बीचमा उनले दर्जन बढि नेपाली फिल्मको कथा लेखनको काम गरिसकेका छन् । सोहि अनुभवलाई लिएर ‘वेभ सिरिज’ निर्माण निर्देशनमा जुटेको घिमिरेले बताए ।

‘मोड’ नाम दिईएको यो सिरिजले वैदेशिक ग्रिनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ । १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ । ९ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले बताएका छन् ।

सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिजमा हालसम्म आकाश पल, अभी सुनार, पवित्रा केसी र रमेश सेन्चुरी प्रमुख कलाकारमा फाइनल हुँदा अन्य कलाकारहरूको अष्ट्रेलियामै खोजी भइरहेको निर्माण टिमले बताएको छ । ओटिटी प्लेटफर्ममा रिलिज गरिने यो सिरिजलाई अर्को बर्ष दर्शकमाझ ल्याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर