म्याद सकिएका समानहरुको नयाँ मिति राख्दै बेच्ने दुई जना पक्राउ,एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद — OSNepal

म्याद सकिएका समानहरुको नयाँ मिति राख्दै बेच्ने दुई जना पक्राउ,एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । म्याद सकिएका समानहरुको नयाँ मिति राख्दे बेच्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् ।

अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौँ सानो भर्‍याङस्थित गोदाममा छापा मार्दा एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ ।

बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, तथा म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त गोदामलाई सिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर