अर्जुन पोखरेलको मनले खाको मान्छेमा पुष्प, राज, उषा र ललनाको अभिनय — OSNepal

अर्जुन पोखरेलको मनले खाको मान्छेमा पुष्प, राज, उषा र ललनाको अभिनय

admin July 13, 2024 0

काठमाडौँ । महेन्द्र बिक, रबिन भुषाल र मुना अर्यालको स्वर रहेको मनले खाको मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बहुचर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको मनले खाको मान्छेको एरेन्ज बिसम आचार्यले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेश बिबिसीले गरेका हुन् ।

प्रेम रोमान्सले भरिएको दुई जोडीको रोमान्टिक प्रेम कथालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल ललना चिमोरियाको अभिनय रहेको छ । जसमा पुष्प र ललनाका अलावा राज कटुवाल र उषा उप्रेतीको पनि अभिनय देख्न सकिन्छ । माइकल चन्दको निर्देशन रहेको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका हुन् । भिडियो द डिभाइन म्यूजिकबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर