काठमाडौं उपत्यकामा बजिसक्यो खतराको घण्टी, अब के हुन्छ ? — OSNepal

काठमाडौं उपत्यकामा बजिसक्यो खतराको घण्टी, अब के हुन्छ ?

LC (KTM) August 01, 2021 0

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौँ उपत्यकामा ८५१ जना रहेका छन् । मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ । त्यस्तै सोही अबधीमा यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।१ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर