आफ्नै घरबाट अवैध लागुऔषध सहित पक्राउ परिन् सानु तामाङ — OSNepal

आफ्नै घरबाट अवैध लागुऔषध सहित पक्राउ परिन् सानु तामाङ

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । अवैध लागुऔषध आफ्नै घरबाट बिक्री गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर ११ बस्ने ४५ वर्षीया सानु तामाङ रहेकी छिन् ।

आफ्नै घरबाट लागुऔषध बिक्री गरेको सुचनाको आधारामा प्रहरीले जिल्ला प्रहरी कार्यायल चितवनबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

प्रहरीले ति महीलाको साथबाट सुरुवालको खल्तीबाट डाइजेपाम ९ एम्पुल, फेनरागन ब्युप्रिनोर्फिन ९ एम्पुल र कोठामा दराजभित्रको कालो रङको सेतो सोल भएको जुत्ताभित्र डाइजेपाम ९ एम्पुल ब्युप्रिनोर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल गरी १८ एम्पुल डाइजेपाम, १८ एम्पुल ब्युप्रिनोर्फिन, १८ एम्पुल फेनरागन बरामद गरेको थियो ।

पक्र्राउ परेकी निजलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने अदालतको आदेशले पक्राउ मितिदेखि लागु हुने गरी आगुऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर