जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै मृतकका आफन्त र गाउँलेहरुबाट अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण — OSNepal

जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै मृतकका आफन्त र गाउँलेहरुबाट अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण

LC (KTM) August 01, 2021 0

वीरगञ्ज १७ साउन । वीरगञ्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ ।
जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका हुन् ।

आक्रमणमा परी एक चिकित्सक र नर्स घाइते भएका छन् । तोडफोडका क्रमममा मृतकका आफन्तहरुले इमर्जेन्सी कक्षमा समेत तोडफोड गरेका छन् ।

जसले गर्दा एक जना बिरामी कुरुवा घाइते भएका छन् । अस्पतालमा तोडफोड भएको सुचनाको आधारमा घटनास्थल पुगेको प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम पक्राउ गरेको छ । पहिल्यै देखि मुटु रोगबाट ग्रसित

३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । तथापी चिकित्सकहरुले उपचारको क्रममा मृत घोषण गरेपछि अन्तिम सस्कार गर्न लगिएका उक्त शव दिउँसो १ बजेतिर मृतक जिवितै रहेको भन्दै जिउँदो मान्छेलाई किन मृत घोषणा गरेकोभन्दै मृतकमा आफन्तmे अस्पताल तोडफोड गरेका थिए ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार, ‘ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण थिएन, नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो लागेको हुन सक्छ भनेर आफन्तलाई त कुरा बुझाइसकेका थियौं, तर सँगै आएका केही उछृङ्खल व्यक्तिहरुले अस्पताल तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि आक्रमण गरे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर