मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छः सचिव सुवेदी — OSNepal

मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छः सचिव सुवेदी

LC (KTM) July 12, 2024 0

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मोबाइलको प्रयोगले आईटी दशकलाई सहयोग पुग्ने बताउनुभएको हो । “समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर