कोशी प्रदेशलाई उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ — OSNepal

कोशी प्रदेशलाई उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ

LC (KTM) July 11, 2024 0

मोरङ, २७ असार: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा यहाँ आज आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रुपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उहाँले सरकारको प्राथमिकता मानवीय विकासको सूचकाङ्कलाई उच्च पार्नु रहेको विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले नीतिगत रुपमा बजेटमा लैङ्गिक विभेद नगरेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वमा बजेटउन्मुख रहेको विचार व्यक्त गर्नुभयो । उहाँले कर्मचारी अभावका कारण लक्ष्यअनुसारको बजेट खर्च गर्न नसकिरहेको गुनासो गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षमा ७८ दशमलव ३५ प्रतिशत पुँजीगत र ७५ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले महिलामैत्री, सामाजिक उत्थान, भेदभाव अन्त्यतर्फ ध्यान केन्द्रित रहेको बताउनुभयो ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, ज्येष्ठ सदस्य गयानन्द मण्डल, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटाले दलगत राजनीतिबाट माथि उठी महिला उत्थानका विषयमा प्रदेशसभामा आवाज उठाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर