देशभरका नदिहरुमा जलसतह बढ्यो , सर्तक रहन आग्रह — OSNepal

देशभरका नदिहरुमा जलसतह बढ्यो , सर्तक रहन आग्रह

LC (KTM) July 11, 2024 0

वर्षाका कारण देशभरका नदिहरुमा जलसतह बढेको छ । जलसतह बढेपछि देशभरकै खोला, नदीमा बाढीले क्षति पु¥याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

चितवनको नारायणी, राप्ती, मकवानपुरको बकैया नदी लगाएतको जलसतह बढेको हो । यस्तै अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् ।

वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर