काठमाडौंको भद्रकाली मन्दिर क्षेत्रमा रहेको सत्तलको पुननिर्माण हुने भएको छ । बिहीबार महानगरकी उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। ाठमाडौं महानगरपालिकाद्वारा निर्माण हुने श्री लुँमधि भद्रकाली मन्दिर परिसर सत्तल पुननिर्माण हुन लागेको हो ।
शिलान्यास गर्दै महानगरकी उपप्रमुख डंगोलले समयमा नै सत्तलको पुननिर्माण गर्ने दायित्व सवैको भएको बताइन् । निर्माण कार्य अगाडि बढाउनका लागि काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन बिभाग, गुठी संस्थान, श्री लुँमधि भद्रकाली मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले सहजीकरण गर्ने बताइएको छ ।