प्रमोद खरेलको रुनुको के अर्थमा प्रितिका बिमल र आर.बी — OSNepal

प्रमोद खरेलको रुनुको के अर्थमा प्रितिका बिमल र आर.बी

admin July 10, 2024 0

असार, काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रुनुको के अर्थ बोलको गीतको अफिसियल म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतमा रोशन सिंहको संगीत छ भने बिनोद सुन्दासको शब्द रहेको छ । गीतमा एरेन्ज बिशाल निरौलाको छ भने मिक्ट मास्टरिङको काम कुमार रानाले गरेका छन् ।

गीतको भिडिओमा मोडल बिमल अधिकारी, आर.बी पुन र प्रितिका शर्माको मुख्य अभिनय रहेको छ । प्रेम कथाको गीतको भिडिओमा प्रितिकाको प्रेममा बिमल र आर.बी पछि लागेको देखाइएको छ । भिडिओले चोखो मायाको जित भएको सन्देश दिइएको छ ।

मोडल बिमलले यसअघि पनि झण्डै दर्जन म्युजिक भिडिओमा अभिनय गरेका छन् । उनी एकदशक देखी मोडलिङ क्षेत्रमा छन् । यस्तै आर.बी भने यो क्षेत्रका लागी नयाँ हुन् । उनले यसै म्युजिक भिडिओबाट डेब्यु गरेका हुन् । रहरको क्षेत्र भएकाले उनले मोडलिङमा हात हालेको बताएका छन् । साथै आगामी दिनमा पनि अन्य भिडिओमा मोडलिङ गर्ने बताउँछन् । साथै मोडल प्रितिकाले पनि यसअघि केहि म्युजिक भिडिओमा काम गरिसकेकी छिन् ।

भिडिओलाई बिनोद सुन्दासले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् । सम्पादनको काम भने अमृत चापागाईंले गरेका छन् । सुन्दास फिल्मस्बाट सार्वजनिक अडियो भिडियोलाई बिमल अधिकारी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर