नेपाली इन्जिनियरको टोलीले बनायो सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प — OSNepal

नेपाली इन्जिनियरको टोलीले बनायो सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प

LC (KTM) July 09, 2024 0

काठमाडौं । नेपाल इन्जिनियरिग कलेजका प्राध्याक इन्जिनियरहरुको एउटा टोलीले सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प तयार गरेका छन् । विद्युत नपुगेको ग्रामिण क्षेत्रलाई लक्षित गरी तयार पारिएको हाते सेफ्टी ट्याङ्क पम्पको परीक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले छनौट गरे अनुसार गुलरिया नगरपालिकामा यसको गरिएको थियो । त्यस क्रममा नगरपालिकामा एउटा कार्यशाला आयोजना गरिएको थियो, जहाँ इम्पेरियल कलेजबाट ल्याइएको गुल्परको परीक्षण गरिएको थियो । कार्यक्रममा नगरपालिकाका ४० भन्दा बढी सहभागी र सरसफाइकर्मीसहित क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो । गुलरियामा सरसफाइ अभ्यासमा सुधार गर्न गुल्पर प्रविधिको सम्भावना देखेर उपस्थितहरू प्रभावित हुनुका साथै सरसफाइ क्षेत्रमा व्यवसायिक अवसरहरू सिर्जना गर्ने क्षमताको प्रशंसा गरेको जनाइएको छ ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका विज्ञान तथा मानविकी विभागकी प्रोफेसर सावित्री त्रिपाठीको अगुवाईमा मेकानिकल इन्जिनियर डा.अरुण सत्याल, प्रकाश वस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्ट अन्तरगत सेफ्टी ट्याङ्की सफा गर्न हाते पम्पको विकास गरेका हुन् । फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्याङ्की हातेपम्प खासगरी ग्रामिण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकुन् भनेर तयार पारिएको बताइएको छ । यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो सामग्रीहरुको आवश्यता नपर्ने भएकोले नेपाल जस्तो ग्रामिण क्षेत्रहरुका लागि यो नविनतम साधन भएको उनीहरुले बताए ।

गुल्पर उपकरणको उदघाटन गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमको नेतृत्वमा भएको थियो । त्यस अवसरमा उनले कामदारको सुरक्षाको महत्व र गुलरियामा सरसफाइ अभ्यासमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भावनालाई जोड दिइन् । त्यस्तै सामाजिक विकास अधिकृत मुकुन्द अर्यालले पनि नगरपालिकालाई गुल्परको आवश्यकता रहेकोमा जोड दिए । फिल्ड प्रदर्शनको क्रममा सरसफाइकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) लगाएर सुरक्षाको उपायका रुपमा लगाइएको थियो ।

त्यस अवसरमा प्राडा त्रिपाठीले निर्माणाधीन गुल्परको विकास गर्न नेपाल इन्जिनियरिङ कलेजका मेकानिकल इन्जिनियरहरू डा. अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटासँग सहकार्य गरेको सुनाइन् । उनले इम्पेरियल कलेज लन्डनका प्रोफेसर माइकल टेम्पलटनलाई सम्पर्क गरी यसको विकाश गरेको जनाइन् ।

सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गर्नु अगाडि उनीहरुले कम्प्युटरमा अवधारणा तयार गरेर निर्माण थालेका थिए । ब्राउन गोल्ड प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गरिएको हो ।

प्राध्यापक त्रिपाठी इन्ष्टिच्युट अफ डेभलपमेन्ट स्टडिजको टू वार्ड ब्राउन गोल्ड अन्तरगत एसिया र अफ्रिकामा द्रुतरुपमा सहरीकरण हुने क्षेत्रहरुको एरिया सरसफाई परियोजनामा अनुसन्धानकर्ताको रुपमा कार्यरत छिन् । उक्त परियोजना सन् २०२० देखि २०२४ सम्म बेलायत सरकारको जिसिआरएफ अन्तर्गत आर्थिक सहयोगबाट इथियोपिया, घाना, भारत तथा नेपालमा चलिरहेको छ ।

नेपालमा ८१ प्रतिशत मानिससँग सेफ्टी ट्याङ्की भए पनि त्यसलाई खाली गर्न पर्याप्त मात्रामा साधन नभएको तथ्यांक छ । खर्चिलो साथै सबै ठाउँमा पहुँच नभएकोले ती ठाउँहरुमा सुरक्षित रुपमा खाली गर्ने औजार दिनसके सेफ्टी ट्याङ्की सफा गर्ने व्यक्तिहरु सुरक्षित हुनुको साथै जमिनमुनीको समेत पानी दुषित हुनबाट रोक्न सकिने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर