भगवन शिवको प्रिय महिना साउन नजिकिम्दै गर्दा शिव तेरे चरन मे बोलको भिडियो सार्वजनिक — OSNepal

भगवन शिवको प्रिय महिना साउन नजिकिम्दै गर्दा शिव तेरे चरन मे बोलको भिडियो सार्वजनिक

LC (KTM) July 08, 2024 0

काठमाडौँ । बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठको शिव तेरे चरन मे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा किरण भुजेल र बिसम आर्चायको स्वर रहेको छ । बरिस्ठ संगितकार नागेन्द्र श्रेष्ठको संगित रहेको भिडियोमा शब्द नबिन श्रेष्ठको रहेको छ । गीतमा बिसमकै एरेन्ज रहेको छ । भगवान शिवको महिमाको बर्णन गरिएको भिडियोमा सचिन गौतम, नबिन घिमिरे, नबिन बिस्ठको अभिनय देख्न सकिन्छ ।

दिनेश पराजुलीको भिडियो छायाकंन रहेको भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् भने निर्देशन गौरव गिरीले गरेका हुन् । संगीकार नागेन्द्रले केही समय अघि मात्रै तिमी सुस्तरी छेउ आइदेऊन गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए । जसमा गायक किरण भुजेल र ममता गुरुङले स्वर दिएका छन् । भिडियोमा सफल प्रेमको कथा देखाइएको छ । म्युजिक भिडियोमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर