राष्ट्रपतिबाट कायम मुकायम प्रधान सेनापतिमा बालाधिकृत रथी प्रभुराम शर्मा नियुक्त — OSNepal

राष्ट्रपतिबाट कायम मुकायम प्रधान सेनापतिमा बालाधिकृत रथी प्रभुराम शर्मा नियुक्त

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । कायम मुकायम प्रधान सेनापतिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई नियुक्त गरेकी छन् ।

र आज आइतबार राष्ट्रपति कार्यालयका प्रवक्ता जगनाथ पन्तले एक विज्ञप्ती जारी गरि यसको जनाकारी गराएका हुन् । जारी गरिएको विज्ञप्तीमा भनिएको छ ,
सम्मानिय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्युले नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/४/१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’
सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर