काठमाडौं । पूर्व युवराज पारस शाह सँधै विबादमा तानिने पात्र हुन् । सत्तामा रहँदा होस् वा सत्ताच्यूत भएर पूर्व युवराज बनिरँदा पनि उनमा दम्भ र घमण्ड कहिल्यै हटेन ।
आँफुले नियम पालना नगर्ने अनित उल्टै ड्य्टीमा रहेका प्रहरीमाथी जाइलाग्ने यो पुरानो सामन्ती परम्परालाई फेरी देखाएका छन् पारसले । देखावटी रुपमा ज्ञानेन्द्र शाह केही सुध्रिएको सच्चिएको जस्तो देखिएता पनि बाबु र पत्निसँग नै नबस्ने पारसले हेलमेट प्रकरणलाई लिएर हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने बताएका छन् ।
शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झ गडा भएको थियो। प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेका बेला पारसकी कान्छी छोरी कृतिकाले पनि प्रहरीकै दोष देखाउँदै एक स्टाटस पोस्ट गरेकी थिइन् । सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
सामाजिक सञ्जाल मार्फत पारसले हार्ले डेभिसनको बाइस चलाउँदा अमेरिकामा पनि हेलमेट नलगाउने गरेको बताएका हुन। उनले फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यो मेरो जिन्दगी हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन् भन्दै पारसले अझै आफ्नो स्वर चर्को पारेका छन् ।
हेल्मेट बिनानै मोटरसाइकलमा सवार पूर्वयुवराज पारस शाहलाई नारायण गोपाल चोकमा ट्राफिक प्रहरीले समातेको थियो । शुक्रबार साँझ साढे ७ बजेको समयमा बिना हेल्मेट मोटरसाइकल कुदाइरहेका उनलाई प्रहरीले समातेपछि केही समय त्यहाको स्थिति त ना वग्र स्त भएको थियो । पूर्वयुवराज शाह र प्रहरीबीच भएको विवादको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।