एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा — OSNepal

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

LC (KTM) July 05, 2024 0

काठमाडौ, २१ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ ।

यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको हो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर