अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने : महामन्त्री थापा — OSNepal

अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने : महामन्त्री थापा

LC (KTM) July 04, 2024 0

धरान (सुनसरी) २० असार : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलन आज उद्घाटन गर्दै थापाले वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्दासमेत प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गरेको बताउनुभयो ।

अबको सरकार नदेखिने नसुनिने तर आफ्नो प्रशंसा आफैँले गर्ने नभइ आमनागरिकले सरकार परिवर्तन पछि राम्रो काम भयो भन्ने महसुस गराउने किसिमको बन्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर