फेश अफ राजधानी संस्करण-३ र किड्स नेपाल संस्करण-२ हुँदै — OSNepal

फेश अफ राजधानी संस्करण-३ र किड्स नेपाल संस्करण-२ हुँदै

admin July 04, 2024 0

पुरुष र महिलालाई लक्षित गरेर ‘फेस अफ राजधानी-३’ यस बर्षपनि आयोजना हुने भएको छ । काठमाडौंको भि एस इन्टरनेसनल कलेजमा आयोजीत कार्यक्रममा ‘फेस अफ राजधानी-३’ को आवेदन खुल्ला गरिएको जानकारी गराइयो । सन् २०२० देखी नेपालमा आयोजना हुँदै आएको यस प्रतियोगीता नेपालका लागी यस बर्ष पनि हुने भएको छ भन्ने कुरा आयोजक तथा स्टुडियो एन्ड कम्पनीको डिरेक्टर मोनु शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार प्रतियोगीतामा १७ देखी २८ बर्ष उमेरका पुरुष र महिला फेश अफ राजधानीमा सहभागी हुन सक्नेछन् ,भने किड्स नेपालका लागि ६-१६ सम्मका किड्सहरु सहभागी हुन सक्नेछन् । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने बताइएको छ ।
‘फेस अफ राजधानी-३’ किड्स नेपालका लागी यहि असार १७ गतेदेखी सहभागी हुन चाहनेले आवेदन दिन सक्नेछन् । यसका लागी अडिसन गर्ने तयारी पनि भइरहेको छ । छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी २५ दिनको तालिम दिइनेछ । जसमा देशका ख्याती प्राप्त प्रशिक्षकहरुद्धारा तालिम दिइनेछ ।

सहभागीहुनेहरु मध्ये आगामी राउन्डका हुने फिनालेमा जजहरुको मुल्यांकन र भोटिङबाट तीनजना बिजेता घोषणा हुनेछन् । र तीन बिजेताहरु मुम्बईमा आफ्नो देशलाई चिनाउन जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर