वीर अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्रहरीबिच झडप, चार जना घाइते — OSNepal

वीर अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्रहरीबिच झडप, चार जना घाइते

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । काठमाडौंस्थित वीर अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्रहरीबिच झडप भएको छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपमा चार जना घाइते भएका छन् । प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठी र्चाज समेत गरेको आन्दोलनमा सहभागीले बताएका छन् ।
कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने सरकारले गरेको घोषणा पश्चात प्रशासकीय अधिकृतमा नियुक्त भएका डा गौतम विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको र्मचारीहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर