नेपालगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु — OSNepal

नेपालगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु

LC (KTM) July 03, 2024 0

नेपालगञ्जमा करेन्ट लागेर मंगलबार ३५ वर्षीय एक युवकको मृत्यु भएको छ । घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका– २० का विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

घरका एक्ला छोरा विकासकी श्रीमती र ११ वर्षीया छोरी छन् । विकासकी श्रीमती नौ महिनाअघि मात्र वैदेशिक रोजगारीमा जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर