साल्ट ट्रेडिङ कर्पोरेसनले बढायो नूनको मूल्य — OSNepal

साल्ट ट्रेडिङ कर्पोरेसनले बढायो नूनको मूल्य

LC (KTM) July 02, 2024 0

काठमाडौँ, १८ असार : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर