अन्जना जोशीलाई ‘कौसी क्वीन’ उपाधि — OSNepal

अन्जना जोशीलाई ‘कौसी क्वीन’ उपाधि

LC (KTM) July 01, 2024 0

काठमाडौँ, १७ असार : कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ ।

आज बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उहाँलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिरिनुभयो । यस वर्षको कोसी क्वीनको ‘फस्ट रनर अप’ गङ्गादेवी तिमल्सिना, ‘सेकेन्ड रनर अप’ कमला घिमिरे र ‘थर्ड रनर अप’ कमलमाया श्रेष्ठ हुनुभयो । उहाँहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर