स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने तयारीमा : स्वास्थ्यमन्त्री — OSNepal

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने तयारीमा : स्वास्थ्यमन्त्री

LC (KTM) July 01, 2024 0

काठमाडौँ, १७ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) को काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति बढाउन हामी काम गरिरहेका छौँ । त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौँ । यो कार्यान्वयन भयोभने धेरै समस्या हल हुन्छन् ।”

फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताउनुभयो ।

“जनता निरास छन् । श्यया पाएका छैनन् । फार्मेसीमा औषधि पाइँदैन । शल्यक्रियाका लागि समय नपाउने समस्या छ । सोर्स लगाउनुपर्ने अवस्था छ, त्यस्तो अवस्थाको अन्त्यका लागिपरेको छु”, स्वास्थ्यमन्त्रीले भन्नुभयो । उहाँले अस्पताल तथा फार्मेसीको अनुगमनले काम गर्ने उर्जा दिएको र स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई नियाल्न पाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर