प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित — OSNepal

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

LC (KTM) June 30, 2024 0

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर