मेलम्चीमा निरन्तर बाढी आउन थालेपछि गृहमन्त्रीले विज्ञसहितको टोली पठाउँदै, टोलीले बाढीको कारण पत्ता लगाउने — OSNepal

मेलम्चीमा निरन्तर बाढी आउन थालेपछि गृहमन्त्रीले विज्ञसहितको टोली पठाउँदै, टोलीले बाढीको कारण पत्ता लगाउने

LC (KTM) August 01, 2021 0

काठमाडौं । मेचम्चीमा लगातार बाढी र पहिरो गएपछि जनजीवन ब्यापक रुपमा प्रभावित बनिरहेको छ । मेलम्चीका सर्वसाधारणलाई बाढी र पहिरोले ब्यापक प्रभाव पारिरहेका बेला गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको डरलाग्दो बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरु खटाएका छन् ।

गृहमन्त्री खाँडले भूगर्वविद्सहित विज्ञ टोली पठाएर अध्ययन गर्न निर्देशन दिएसँगै विज्ञको टोली त्यसतर्फ जाने तयारीमा रहेको छ । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइयो अनिल पाखेरलेलाई गृहमन्त्री खाँडले निर्देशन दिए अनुसार पोखरेलले तयारी सुरु गरेका छन् ।

हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास शनिबार साँझदेखि निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी र पहिरो आएको हो । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन् । त्यसअघि असार १ गते भिषण वर्षापछि आएको बाढीले ठूलो धनजनको क्षती गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर