असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्यः नेत्री राणा — OSNepal

असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्यः नेत्री राणा

LC (KTM) June 29, 2024 0
भक्तपुर, १५ असारः नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले रोपाइँको समयमा किसानले पर्याप्त मल नपाउनु दुःख विषय भएको बताउनुभयो ।
नेत्री देउवाले भन्नुभयो, “नेपालमा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ ।  रासायनिक मललाई सहकारीमार्फत वितरण भए पनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित  व्यवस्थापन गरी वितरण गर्नु आवश्यक छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सङ्घीय सांसद दुर्लभ थापाले मल र गुणस्तरीय बीउ ल्याएर स्वदेशी उत्पादन बढाउनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष इन्द्र प्रजापतिले असार १५ मा दिवस मनाएर मात्रै नभई धान उत्पादनलाई आत्मनिर्भर बनाउने गरी राज्यले नीति लिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर